आकर्षक उपभोक्ता कृषि सहकरी संस्था, सातदोवाटोका अध्यक्ष दिपक प्रसाद घिमिरेसँग टपटेन खबरका प्रधान सम्पादक नन्दलाल खरेलले सहकारी क्षेत्रका अवसर र चुनौतिका विषयमा केन्द्रित भएर गरिएको कुराकानीको सार संक्षेप……..
१. राज्यले संविधानमा समाजवाद उन्मुख अर्थतन्त्र नीति लिएको छ । सहकारीलाई तीन खम्वे अर्थनीति मध्ये एउटा महत्वपूर्ण मानिएको छ । अहिले सहकारीहरुको अवस्था कस्तो छ ? बताइदिनुस् न ।
सहकारी भन्नाले समाजमा वचत तथा ऋणको कारोवारलाई मात्र बुझिएको छ । मुलुकमा भएका यस प्रकारको सहकारी संख्या अत्याधिक वढी छ । कृषि सहकारीको संख्या अत्याधिक कम छ । भएका कृषि उपभोक्ता सहकारीले पनि आफ्नो उद्देश्य अनुसार काम गर्न सकेका छैनन् । राज्यले समाजवाद उन्मुख अर्थनीति भनेता पनि व्यवहारमा दलाल पूँजीवादी नीति लिएको छ। ठूला वैकहरुलाई खुकुलो नीति लिएको छ भने सहकारीहरुलाई संकुचीत गर्ने, अप्mठ्यारो पार्ने नीति लिएको छ । राज्यले कृषि तथा सहकारीमा ठूलो रकम छुट्याउने गर्दछ । तर सम्बन्धित ठाँउमा त्यो रकम आइपूग्दैन । आज देशमा भएका सहकारी उत्पादनमा जोड दिने भन्दा पनि वित्तिय कारोवारमा मात्र जोड दिएको छ । बैकले गर्ने काम मात्र गरेको छ । घरैपिछे बैक राखेर उत्पादन वढ्दैन । जवसम्म उत्पादन वढाउने कुरामा सहकारीको ध्यान जादैन तबसम्म सहकारीलाई तीन खम्बे अर्थनीति मध्ये एक खम्बे भनीरहनुको कुनै औचित्य हुँदैन ।
२. कृषि सहकारीले पनि बचत तथा ऋण सहकारीकै नीति अनुशरण गरेका छन् भन्ने वुझिन्छ । के यो साँचो हो ?
कृषि सहकारीले वचत तथा ऋणको मात्र काम गर्ने होइन । उत्पादनमा जोड दिने हो । तर धेरै कृषि सहकारीले पनि वचत तथा ऋणको मात्र गरेका छन् । धेरै कृषि सहकारीले यस्तो कार्य गर्न वाध्य भएको पनि पाइएको छ । वचत तथा ऋण सहकारीले धेरै किसिमको सहयोग पाउँछ । यसका छाता संगठनहरु धेरै छन् । नप्स्कुन, वचत संघ तथा राष्ट्रिय सहकारी वैकबाट यस्ता सहकारीले सहयोग पाउँछन् । राज्यले पनि वचत तथा ऋण सहकारी धेरै खोल्ने अनुमति दियो । उपभोक्ता कृषि सहकारी एकदमै कम छन् । कृषि सहकारीको पनि संघ नभएको होइन । जिल्ला संघ, केन्द्रिय संघ छ । तर ती संघहरुमा ठूला ठूला नेताहरु पनि प्रवेश छन् । हाम्रो कृषि जिल्ला संघको अध्यक्षमा ओमदेवी मल्ल हुनुहुन्छ । वहाँ कुन सहकारीमा कति काम गर्नुभयो यस सम्बन्धी कति दक्षता हासिल गर्नुभो त्यो हामीलाई थाहा छैन । हाम्रो उपभोक्ता सहकारीले कृषि उत्पादन बढाउन ऋण सहयोग माग्न गएका थियौं । तर हामीले वचत तथा ऋण सहकारी नचालाएकै कारणले हामीलाई कुनै सहयोग भएन ।
३. आकर्षक उपभोक्ता कृषि सहकारी संस्थाले पु¥याँउदै आएको सेवा सुविधाहरु के के छन् ? अरु सहकारी भन्दा कुन अर्थमा यो भिन्न छ ?
हाम्रो आकर्षक उपभोक्ता कृषि सहकारी झण्डै एक दशकदेखि सहकारीको भीडमा काम गरिरहेको छ । खासगरी जडिबुटी जन्य वस्तुहरुलाई प्रर्वद्धन, प्रमोशन, प्याकेजिङ्ग, व्राण्डिङ गरेर उपभोक्ताको माझमा सर्वसुलभ रुपमा पु¥याउने, गुणस्तरिय वस्तुहरुको उपभोग गराउने, समाजमा रहेका मानिसलाई स्वास्थ्य बनाउने अभिप्रायका साथ हाम्रो उदय भएको हो । हामीले उपभोक्तामुखी भएर नै अहिले जडिबुटीजन्य देखि कृषिजन्य लगायतका वस्तुहरुको उत्पादन देखि वितरण प्रणालीलाई ९ वर्षको दौरानमा सहकारीको व्यानरबाट सुचारु गर्न सफल भएको हो । हामी प्रविधिलाई अवलम्बन गरेर वस्तु तथा सेवालाई उपभोक्ताको माझमा पु¥याएका छौं । कोभिड १९ को असरले भिडभाडमा जान नहुने अवस्थामा घर घरमै उपभोक्ताहरुले सेवा पाउने हुँदा हामी अरुभन्दा भिन्न छौ । यतीमात्र होइन अनलाइनबाट हामीले हामीसँग भएको आयुर्वेदिक क्लीनीकमा पनि सेवा दिने व्यवस्था मिलाएका छौ । यो कार्यबाट हाम्रा उपभोक्ताहरु अत्यन्त खुशी भएका छन् । संभवत ललितपुर जिल्लमै हामीले जसरी उपभोक्क्ताम्ुखी भएर अरु सहकारीले
सेवा दिएका छैनन् ।
४. यहाँको सहकारीले के कस्ता वस्तुहरु उत्पादनमा जोड दिएको छ ?
हाम्रो सहकारीको सुन्दर पक्ष भनेको वचत ऋणलाई प्राथमिकता नदिई उत्पादनमा जोड दिनु हो । हाम्रो कार्यक्षेत्र मध्यमअञ्चल हो । १९ वटा जिल्लामा काम गर्ने योजना छ । हामीले कृषिमा खेती गरेका छौं । व्यक्तिको जग्गा भाडामा लिएर काम गरेको छौं । ललितपुरको कोञ्जोसोम गाउँपालिकामा ट्राउट माछा फार्म खोलेका छौं । यसपाली दश हजार भुरा त्यहाँ हुँर्किरहेका छन् । हाम्रो कृषि फर्म चापागाउँमा छ । त्यहाँ कुरिलो, अकवरे खुर्सानी, जर्जरटा कार्नेस जस्ता युनिक फुलहरु हामीले दार्जिलिङ्ग देखि विरुवा ल्याएर विउ जगेर्ना गर्ने काम गरेका
छौं । हामीले विरुवाहरु पनि बेचिरहेका छौ । करिलोमा त हाम्रो सहकारी एक नं नै छ । धेरैले कुरिलो पाइने सहकारी भनेर पनि हामीलाई चिन्दछन् ।
हाम्रो देशमा कृषि उपभोक्ता सहकारी भएपनि कृषिमुखी भएर काम गरेको पाइदैन । हामीले उपभोक्ता र कृषिमुखी मात्रै भएर यो कामहरु
गर्दैजाँदा सुरुमा हामीले घरेलु उद्योगमा जुन हाम्रो सहकारीको आफ्नै उद्योग छ । त्यो उद्योग एकोल ब्राण्ड मार्फत अर्गानिक ग्रीन टी, स्लीम टी, मसाज तेल, साबुन लगायतका वस्तुहरु उपभोक्ताहरुको माझमा पु¥याउँदै आएका छौं । त्यतिमात्र होइन हामीसँग आयुर्वेदिक क्लिनिक छ । आयुर्वेदिक उपचारलाई जोड दिएका छौं । अहिले आयुर्वेदको महत्व विश्व व्यापी रुपमा बढेको पनि छ । हामीले उपभोक्ता पसल पनि सञ्चालनमा ल्याएका छौ । जहाँ कोदो, मह, तेल, घीउ, कुरिलो, तरकारी , गेडागुडी, चामल, फापर, पिठो जस्ता वस्तुहरु सर्वसुलभ ढंगले विक्री गर्दै आएका छौं । किसानको सिधै वारीबाट ल्याएर उपभोक्ताको माझमा अनलाइन मार्फत वेच्ने गरेका छौं ।
५. यहाँहरुले अर्गानिक उत्पादनमा जोड दिने कुरा गर्नु भएको छ । कसरी वजारमा प्रतिस्पर्धा गर्नु भएको छ ?
हामी पूर्णरुपमा अर्गानिक उत्पादनमा छौं भन्दैनौ । हामी क्रमिक सुधारमा छौं । पूर्ण रुपमा अर्गानिक उत्पादन कसैले दावी गर्छ भने त्यो होइन । अपवादका रुपमा एक दुई प्रतिशत होला मैले त्यसको कुरा गरिरहेको छैन । कतिपय औषधिय गुण भएका कुरिलो अकबरे खोर्सानी जस्ता वस्तुहरुको उत्पादनमा जोड दिएका छौं, यस्ता चीजहरुमा रसाइनिक मल तथा विषादी प्रयोग गर्नु नपर्ने हुँदा ती वस्तुहरु अर्गानिक हुन् । हामीलाई वजारसँग प्रतिस्पर्धा गर्न अप्ठायारो छैन । अनलाइनको माध्यमबाट हाम्रा उपभोक्तालाई बजारकै मूल्यमा घर घरमै सेवा दिएका छौ । हाम्रो संस्थाले नमुनाकै रुपमा काम गरेको छ ।
६. सरकारसँग यहाँको के कस्तो अपेक्षा राख्नु भएको छ ?
हामीले सरकारसँग अनुदान माग्ने योजनामा छैनौ । हामीलाई जमिनको आवश्यकता छ । मुलुकमा थुप्प्रै खेरगइरहेको बाँझा सरकारी जमिनहरु छन् । त्यसलाई सदुपयोग गरेर उत्पादन बढाउनु पर्छ । सरकारले भूमि बैक र कोल्ड स्टोरको सोच ल्यायो तर त्यो कार्यान्वयनमा आएन । हामीलाई सरल कर्जा लामो समयको लागि आवश्यक छ । त्यो सरकारले उपलब्ध गराउने हो भन्ने हामी राम्ररी अघि वढन सक्छौं । तर सरकारको त्यतापट्टी कति पनि ध्यान दिएको छैन ।

