काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो। सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरिएको प्रकरणमा पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
कालिका कन्स्ट्रक्सन प्रालीका सञ्चालक समेत रहेका पाण्डेको पक्राउले एक खालको शनशनी नै ल्याएको छ । आज विहान मात्र गोल्छा अर्गनाइजेसनका प्रवन्ध निर्देशक एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छालाई पनि पक्राउ गरिएको छ।
फागुन २१ को निर्वाचन पछि नवनिर्मित नयाँ सरकारले पहुँचवाला राजनीतिक व्यक्ती एवम् व्यवसायी सबैलाई अनुसन्धानमा तानेको छ ।

