काठमाडौं । सभामुख डोलप्रसाद अर्याल सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ। लेन क्रस गरी ट्राफिक नियम उल्लंघन गरेपछि उक्त कारबाही गरिएको हो।
सभामुख सवार गाडीसहित त्यसको अघिपछि हिँडिरहेका अन्य सवारीसाधन पनि कारबाहीमा परेका छन्। थापाथली क्षेत्रमा लेन मिच्दै अघि बढेपछि ट्राफिक प्रहरीले गाडीलाई पछ्याउँदै सिंहदरबार पुगेको थियो।
स्रोतका अनुसार सिंहदरबारमै पुगेर तीन वटा गाडीलाई ट्राफिक चिट काटिएको हो।
Previous Article१५ वर्षदेखि पत्रिका हकरको संघर्ष: मोटरसाइकलमा ‘नयाँ पत्रिका’ पुर्याउँदै, छोरालाई CA र छोरीलाई LLB पढाउँदै राधाकृष्ण
Next Article ‘विश्वकर्मा भोजनालय’ सार्वजनिक

