काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले तिवारीमाथि १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ ३९ पैसा हिनामिना गरेको आरोप लगाउँदै बिहिबार मुद्दा दायर गरेको हो।
मुद्दामा उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारका अनुसार तिवारीको आयभन्दा व्यय अस्वाभाविक रूपमा बढी देखिएको आधारमा अनुसन्धानपछि मुद्दा दायर गरिएको हो।

