काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भट्टलाई नियन्त्रणमा लिएको हो। ब्यूरो प्रमुख एआईजी डा मनोज केसीका अनुसार अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो। विभागले यसअघि नै उनको पासपोर्ट रोक्का गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको थियो।
प्रहरी स्रोतका अनुसार सीआईबीले बोलाएपछि भट्ट स्वयं कार्यालय पुगेका थिए। त्यहाँ पुगेपछि उनलाई पक्राउ पुर्जी दिई नियन्त्रणमा लिइएको हो।

