काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ।
आइतबार सार्वजनिक गरिएको विवरणअनुसार बालेन्द्र शाह (बालेन)सँग नगद मात्रै एक करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख छ। उक्त रकम सामाजिक सञ्जाल प्लेटफर्महरू—फेसबुक, युट्युब र टिकटकबाट आम्दानी भएको विवरणमा उल्लेख छ।
यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी तथा हिराका गहना रहेको जनाइएको छ। ती गहनाको स्रोत पैत्रिक सम्पत्ति भएको उल्लेख गरिएको छ।
सम्पत्ति विवरणमा काठमाडौँ महानगरपालिका–९ मा ध्रुव तेली शाहको नाममा ५ आना जग्गा रहेको छ भने धनुषामा १.२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ बिघा जग्गा रहेको उल्लेख गरिएको छ।

