म्याग्दी । रघुगङ्गा गाउँपालिका–१ बेगमा सडक निर्माणका क्रममा पहिरो खस्दा डोजर चालकको मृत्यु भएको छ।
बेगको भिजरादेखि भजने जाने सडक खन्दै गर्दा माथिबाट सुक्खा पहिरो खसेर डोजर पुरिँदा रुइसे देउराली कन्ट्रक्शन प्रालिको डोजर चालक, रघुगङ्गा गाउँपालिका–२ भगवतीका ५१ वर्षीय पदम कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनास्थलमा खटिएका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार अन्य डोजर र ब्याकुहोलोडर प्रयोग गरेर पहिरो हटाउँदै कार्कीको शव निकालिएको हो। उद्धारपछि शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाइएको छ।
सडकको ट्र्याक खोल्ने क्रममा अचानक माथिबाट पहिरो खसेर चालकसहित डोजर पुरिएको थियो। प्रहरी र स्थानीयवासीको करिब चार घण्टाको प्रयासपछि कार्कीको शव निकालिएको प्रहरीले जनाएको छ।
Previous Articleसशस्त्रका आईजीपी अर्यालको बिदाइ, पौडेललाई जिम्मेवारी हस्तान्तरण
Next Article १३७औं मे दिवसको सन्देश र दुई विस्मयकारी संकेत

