काठमाडौं । प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) खारेज गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले एमसीसी खारेज गर्नुपर्ने धारणा राखेका हुन्।
उनले भने, “म यहाँ मनको कथा राख्न चाहन्नँ। हामी अहिले के गरिरहेका छौं र भोलि के गर्नुपर्छ भन्नेबारे जनताका माग प्रस्तुत गर्न चाहन्छु।”
उनका अनुसार देशको स्वाधीनता र असंलग्न परराष्ट्र नीतिमा असर पर्ने भन्दै एमसीसी असमान र राष्ट्रहितविपरीत सन्धी भएको दाबी गरे। उनले यसलाई सैन्य रणनीतिसँग जोडिएको परियोजना भएको आरोप लगाउँदै खारेज गर्न माग गरे।

