काठमाडौं । शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने भएको छ। सोही मितिबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने सरकारको निर्णयसँगै भर्ना कहिलेबाट सुरु हुने भन्ने अन्योललाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्पष्ट पारेको हो।
केन्द्रले जारी गरेको सूचनाअनुसार भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुनेछ भने वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिनेछ।
यसअघि प्रत्येक वर्ष वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुँदै आएको थियो। तर यसपटक समय सारेर नयाँ तालिका लागू गरिएको हो।
सूचनामा वैशाख २ गतेदेखि प्रवर्द्धनात्मक तथा रचनात्मक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न पनि निर्देशन दिइएको छ।
साथै, शैक्षिक संस्थामा शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय यथावत रहने जनाइएको छ।


