काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूसँग भेटवार्ता गरेका छन्।
उनले केएमसी अस्पतालमा उपचाररत घाइतेहरूलाई बिहिबार राति भेट गरेका हुन्। भेटका क्रममा गृहमन्त्री गुरुङले चिकित्सकहरूबाट घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ।
घाइतेहरूको उपचार पूर्वसांसदसमेत रहेका डा सुनिल शर्माले निःशुल्क रूपमा गर्दै आएका छन्। निःशुल्क उपचार प्रदान गरेकोमा गृहमन्त्री गुरुङले केएमसीका सञ्चालक डा. शर्माप्रति आभार व्यक्त गरेका छन्।

