काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालको मात्र उम्मेदवारी परे पछि उनी सभामुखमा निर्विरोध सभामुख भएका छन्।
संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार तोकिएको समयभित्र अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव दर्ता भएको हो। उम्मेदवारी दर्ताका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकिएको समयमा अर्यालको मात्र उमेदवारी परेको हो।
रास्वपाको प्रतिनिधिसभामा स्पष्ट बहुमत रहेकाले अन्य कुनै पनि दलले सभामुख पदमा उम्मेदवारी नदिएको बताइएको छ।
रास्वपाका उपसभापति रहेका अर्यालको प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा सांसदहरू सोविता गौतम, डा. स्वर्णिम वाग्ले र सुनिल लम्साल रहेका छन्।
निर्वाचन तालिका अनुसार चैत २२ गते आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ। एक मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएको घोषणा हुने छ।

