काठमाडौं । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद तथा गोपनीयताको शपथ लिएसँगै औपचारिक रूपमा पद बहाली गरेका छन्।
प्रतिनिधिसभा बैठकबाट आजै निर्विरोध निर्वाचित भएका अर्यालले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शीतलनिवासमा शपथ ग्रहण गरेका हुन्।
शपथपछि उनले सभामुखको जिम्मेवारी सम्हाल्दै संसदीय कार्य सञ्चालनको नेतृत्व सुरु गरेका छन्।

