काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकारका रूपमा सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा नियुक्त गरेका हुन्।
महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुनुका साथै फौजदारी मुद्दामा अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने पद हो। यस पदले सरकारवादी मुद्दाहरूमा बहस तथा पैरवीको समग्र जिम्मेवारी पनि वहन गर्छ।

