काठमाडौँ । वीर अस्पतालमा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा अस्पताल परिसरमा आयोजित कार्यक्रममा स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण सुरु गरिएको हो।
महानगरपालिकाका अनुसार यो सेवा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुनेछ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर समयमै पहिचान गर्न सके उपचार सम्भव हुने र मान्छेको जीवन बचाउन सकिने बताइन्।

