काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल, यूएई र ओमान सहभागी शृंखलाअन्तर्गत हुने यो खेल बिहान ९:३० बजेबाट त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपालले शृंखलाको पहिलो खेलमा यूएईलाई पराजित गर्दै सुखद सुरुआत गरेको थियो। उता, ओमान भने आफ्नो पहिलो खेलमा यूएईसँग पराजित भएपछि नेपालविरुद्ध पुनरागमनको लक्ष्यसहित मैदान उत्रनेछ।
लिग–२ को अंकतालिकामा २१ खेलबाट १४ अंक जोडेको नेपाल सातौं स्थानमा रहेको छ। २५ खेलमा २९ अंक बटुलेको ओमान तेस्रो स्थानमा रहँदा, २२ खेलबाट १२ अंक जोडेको यूएई आठौं स्थानमा छ।
घरेलु मैदानमा खेल्दै गरेको नेपालका लागि आजको खेल अंकतालिकामा सुधार गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

