नन्दलाल खरेल
म झोले पत्रकार
दिनमा वीस तीस जनालाई हात जोड्छु
रित्तो हात हरेक दिन घर फर्कन्छु
कहिले काही अलि अलि आर्जन गर्छु
तर घर नपुग्दै सबै सिद्धाउँछु
मलिन अनुहार श्रीमतिको देख्छु
म झोले पत्रकार
ठूला ठूला भुडी भएकालाई भेट्छु
मन नलागि नलागि प्रंशासा गछर््
उनीहरुको वारेमा गुलिया कुरा लेख्छु
लेखेपछि केहि आशाले भेट्छु
भेटेपछि उनीहरुकै रवाफ सुन्न वाद्यय हुन्छु
म झोले पत्रकार
साना मानिसलाई केरकार गर्छु
ठूला लाई नमस्कार गर्छु
सिंहदरवारबाट भित्र र्छिन खोज्छ्ु
गेटमा पुलिसहरुको दुव्र्यवहार पाउँछु
निराश हुँदै आफ्नो वाटो तताउँछु ।
म झोले पत्रकार
ठूला हाउसका टाउकेहरुलाई भेट्न खोज्छु
मिटिङ्गमा व्यस्त भएको जवाफ पाउँछु
शक्तिको पुजा नगर्दा दुःख पाउछु
अनपढहरुको हुकार सधै सुन्छु
आफ्नो विद्धताको कदर नभएकोमा झ्वाकिन्छु
म झोले पत्रकार
नेताहरुको अन्र्तवार्ता लिन धाउँछु
अन्तर्वार्ता लिएपछि आश्वसन पाउँछु
आश्वासनको पर्खाइमा जीवन व्यतित गर्छु
पत्रकार भई पत्रकारकै रिस गर्छु
पत्रकार संघको नेता हुन सँधै चाहान्छु

