काठमाडाैं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको हो ।
वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले स्टकल्यान्डविरुद्ध डीएलएस मेथडमार्फत ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको थियो । तर, जवाफी ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्रै बनाएको थियो ।

