अम्बिका वाइबा
संघर्षका काँडा टेक्दै हिँड्ने
पाइलामा घाउ धेरै हुन्छन्,
तर त्यही पीडाको बाटो हुँदै
सफलताका फूलहरू फुल्छन् ।१।
आँधी आए रोक्न खोजे पनि
आत्मविश्वास नझुक्ने बनाऊ,
हारले होइन, साहसले
आफ्नो भविष्य आफैं सजाऊ ।२।
अँध्यारो रात लामो भए पनि
बिहानी अवश्य उज्यालो हुन्छ,
कठिन संघर्षको पसिनामाथि
एकदिन सफलताको माला हुन्छ ।३।
अब पछाडि फर्कने होइन,
समयसँगै चिन्तन गरौँ,
मनभित्र आशा बलिरहोस्,
नयाँ सपनातर्फ अघि बढौँ ।४।
हिम्मत नै जीवनको शक्ति हो,
साहस नै जितको आधार,
डगमगाए पनि नरोकिने
त्यही मान्छे हुन्छ महान् र दमदार ।५।

