काठमाडौँ । डा. शेखर कोइरालाले मुलुकको समसामयिक अवस्था र नेपाली कांग्रेसको पछिल्लो स्थितिबारे बुद्धिजीवीहरूसँग छलफल गरेका छन्।
विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आयोजित छलफलमा पार्टीको आन्तरिक अवस्था, वर्तमान राजनीतिक परिदृश्य तथा मुलुकको समग्र दिशाबारे विचार आदानप्रदान गरिएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
छलफलमा पुरुषोत्तम दाहाल, किशोर नेपाल, डा. दिनेश भट्टराई, मधुरमण आचार्य, हरिदर्शन श्रेष्ठ, शेरबहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने, डा. विनिता कार्की, जगदीश दाहाल, कुलचन्द्र वाग्ले, पुरञ्जन आचार्य, विष्णु बुढाथोकी, डा. उद्धव प्याकुरेल, अभिजित अधिकारी तथा करिना पुरीलगायत सहभागी थिए।
यसैगरी, कांग्रेस नेताहरू डा. शशाङ्क कोइराला, सुजाता कोइराला, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, एनपी साउद, डा. मीनेन्द्र रिजाल र डा. गोविन्दराज पोखरेललगायतको उपस्थिति रहेको थियो।
छलफलमा पार्टी सुदृढीकरण, नीति–दिशा र समसामयिक राजनीतिक चुनौतीबारे सुझाव संकलन गरिएको बताइएको छ।

