काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस २६ प्लस स्मार्टफोन खरिदमा विशेष क्यासब्याक अफर सार्वजनिक गरेको छ । सीमित अवधिका लागि लागू हुने यस अफरमार्फत ग्राहकले आकर्षक छुटसहित स्मार्टफोन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रिमियम तथा इमर्सिभ स्मार्टफोन अनुभव खोज्ने ग्राहकलाई लक्षित गर्दै ल्याइएको ग्यालेक्सी एस २६ प्लसले प्रदर्शन, आराम र नवीनताको सन्तुलित अनुभव प्रदान गर्नेछ । यो मोडेल ग्यालेक्सी एस–२६ सिरिजका प्रमुख स्मार्टफोनमध्ये एक हो ।
अफरअन्तर्गत सामसङ ग्यालेक्सी एस २६ प्लस खरिद गर्दा ग्राहकले २३ हजार रुपैयाँ तत्काल क्यासब्याक प्राप्त गर्नेछन् । एक लाख ८२ हजार ९९९ रुपैयाँ तोकिएको स्मार्टफोनको मूल्य क्यासब्याकपछि एक लाख ५९ हजार ९९९ रुपैयाँ पर्ने भएको छ । कम्पनीका अनुसार यो अफर मे ३१ सम्म लागू रहनेछ ।
सामसङले खरिद प्रक्रियालाई सहज बनाउन हुलास फिन सर्भ लिमिटेड मार्फत इन्स्टा फाइनान्स सुविधा पनि उपलब्ध गराउने छ । यसअन्तर्गत ग्राहकले २४ महिनासम्म किस्ताबन्दीमा स्मार्टफोन खरिद गर्न सक्नेछन् । मासिक किस्ता चार हजार ३४१ रुपैयाँबाट सुरु हुने बताइएको छ ।
कम्पनीका अनुसार ग्राहकले नागरिकताको प्रमाणपत्र देखाएर सजिलै फाइनान्स सुविधा लिन सक्नेछन् ।

