काठमाडौँ । चीनमा सम्पन्न हाइनान ओपन अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शनले नेपालले चार स्वर्ण पदक समेत जितेको छ ।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण पदक जितेका छन्। उनले १९ वर्षमुनि उमेर समूहको व्यक्तिगत पुम्सेमा स्वर्ण जित्नुका साथै ४९ केजी तौल समूहमा पनि अर्को स्वर्ण हात पारे।
त्यस्तै, आयुष बोहराले ब्रेकिङ इभेन्टमा स्वर्ण जित्दै व्यक्तिगत पुम्सेमा कास्य पदक प्राप्त गरे। सन्दीप बस्नेतले पनि ब्रेकिङतर्फ स्वर्ण पदक जितेका छन्।
मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा आयोजित प्रतियोगितामा नेपाली खेलाडीहरूको प्रदर्शन उल्लेखनीय रह्यो।

