काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य पदका लागि आवेदन आह्वान गरेको छ।
मन्त्रालयले वैशाख १२ गते गोरखापत्र राष्ट्रिय दैनिकमार्फत चार जना सञ्चालक सदस्य नियुक्तिका लागि सूचना प्रकाशित गरेको थियो। तर, दरखास्त सङ्कलन भइरहेकै बेला वैशाख १९ गते जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ अनुसार थप एक सदस्य स्वतः पदमुक्त भएपछि रिक्त पदको सङ्ख्या पाँच पुगेको हो।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जयनारायण आचार्यका अनुसार नयाँ रिक्त पदसमेत समेटेर सोही विज्ञापनको आधारमा पाँच जना सञ्चालक सदस्य नियुक्त गरिनेछ।

