काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले आज (बिहिबार) प्रतिनिधि सभाको बैठक डाकेका छन् । बिपक्षी दलको पटक पटकको अवरोध पछि बुधबार प्रतिनिधि सभा बैठक स्थगित गर्दै सभामुख अर्यालले बिहीबारको लागि बैठक घोषणा गरेका हुन् ।
बुधबार बसेकाे प्रतिनिधि सभाको तेस्राे बैठकमा पनि विपक्षीले अवराेध जारी राखेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बिहीबार बिहान ११ बजेसम्मको लागि स्थगित गरेको घोषणा गरेका हुन् ।
यसअघि बुधबार दुईपटक बैठक स्थगित भएकाे थियाे ।

