मिसन मरिण
कोही गर्ने नगर्ने शंका गरेर मर्छन् !
कति छन् आत्मघाती डेरा सरेर मर्छन् !
उक्लिन्छु भन्दै माथि पुग्ने एउटा बहाना
कतै नसर्दै पाइला थला परेर मर्छन् !
देखेथें सगरमाथा गरेथें गौरव छुट्टै
तिनै पो आज दिन दिन खोंचमा झरेर मर्छन् !
हिजो त उनी भन्थें- देशलाई के दिन्छौ तिमी ?
भगवान आज पापका घैटा भरेर मर्छन् !
कति हो दु:ख दिएको, दु:खीलाई दु:खमाथि
‘भगवान’जिँउदै स्याउँ स्याउँ किरा परेर मर्छन् !
+++++++++++ ++++++++ ++++++++++++
तीननपाटन गाउँपालिका-११, सिन्धुली
हाल: पहेंलो पुल, काठमाण्डौ महानगरपालिका-७, काठमाण्डौ
रचनाकाल: २०८३/०१/३०, बुधबार

