काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई सिन्धुलीबाट पक्राउ गरेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका-६, बसपार्क क्षेत्रबाट मंगलबा राति करिब ८ बजे उनलाई नियन्त्रणमा लिइएको हो । सीआईबीले उनलाई पक्राउ गरेको जनाएको छ। पक्राउ लगत्तै उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको समेत जनाईएको छ।
सीईओ पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भई ठगी गरेको गम्भीर आरोप लागेको छ।
काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई हाल ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिता बमोजिम ठगी तथा आपराधिक विश्वासघातको कसुरमा कानुनी प्रक्रिया अगाडि बढाइएको सीआईबीका प्रवक्ता एवं एसएसपी शिव कुमार श्रेष्ठले जानकारी दिएका छन्।

