काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले आजकै मितिदेखि लागू हुने गरी पद त्याग गरेको बताएका हुन्।
गुरुङले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन सुनिश्चित गर्न तथा पदमा रहँदा सम्भावित स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको स्पष्ट पारेका छन्।
उनले लेखेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् तथा त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु।”

