काठमाडाैं । सरकारले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत थिए।

