काठमाडाैं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको ३ हजार ८६० रुपैयाँ कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेल जानकारी दिए ।

