काठमाडौं – एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीलाई लक्षित गर्दै ‘पहिलो सिम’ अफर सञ्चालनमा ल्याएको छ। यस अफरअन्तर्गत विद्यार्थीले करसहित मात्र ५० रुपैयाँमा प्रिपेड सिम प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो सिमसँगै २ जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेट टकटाइम तथा ‘मेरो स्कुल’ र ‘गेमिङ प्रिमियर लिग (जीपीएल)’ मा २८ दिनसम्म निःशुल्क पहुँच उपलब्ध हुनेछ।
‘मेरो स्कुल’ एक डिजिटल लर्निङ प्लेटफर्म हो, जसमा पाठ्यक्रमसँग सम्बन्धित भिडियो सामग्रीहरू उपलब्ध छन् भने जीपीएलमार्फत विभिन्न एचटीएमएल–आधारित खेल खेल्न सकिन्छ।
यसैगरी, प्रयोगकर्ताले डिजिटल वालेट खल्ति पनि निःशुल्क प्रयोग गर्न पाउनेछन्, जसमा कुनै डाटा शुल्क लाग्दैन। साथै, ५० रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्दा ७ दिनका लागि ५०० एमबी बोनस डाटा पनि उपलब्ध हुनेछ।
विद्यार्थीले आफ्नो रोजाइअनुसार मोबाइल नम्बर छनोट गर्न सक्ने व्यवस्था समेत गरिएको छ। ‘पहिलो सिम’ देशभरका एनसेल सेन्टरबाट सजिलै लिन सकिन्छ। सिम लिनका लागि विद्यार्थीले आफ्नो एसईई प्रवेशपत्र र अभिभावकको नागरिकताको फोटोकपी लिएर नजिकको एनसेल सेन्टरमा पुग्नुपर्नेछ।
एनसेलले सुलभ दरमा दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्यसहित यो अफरलाई निरन्तरता दिँदै आएको जनाएको छ।

