काठमाडौं । पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियर तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आइपुग्ने भएकी छन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी वैशाख १६ देखि १८ गते (२९ अप्रिलदेखि १ मे २०२६) सम्म नेपाल भ्रमणमा रहन लागेकी हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा उपविदेशमन्त्री जेभियरले बिहीबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। साथै, सोही दिन उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय गरिएको छ।
यस भ्रमणलाई नेपाल–पोर्चुगल सम्बन्ध सुदृढ गर्ने तथा आपसी सहयोगका क्षेत्र विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ।

