काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन्। श्रम संस्कृति पार्टीकी समानुपातिक सांसद ठाकुर शुक्रबार सम्पन्न मतदान प्रक्रियाबाट उपसभामुखमा चयन भएकी हुन्।
ठाकुरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा २२९ सांसदले मतदान गरेका थिए भने विपक्षमा ५ मत परेको थियो। साथै २२ जना सांसद तटस्थ बसेका थिए।
ठाकुरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत सत्तारुढ दलहरूको समर्थनमा बिहीबार संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएकी थिईन् ।
राप्रपा नेपालले सांसद सरस्वती लामालाई उपसभामुखका लागि अघि सारेको थियो । उनले जम्मा पाँच मत मात्र पाइन् ।

