काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा काजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालका अनुसार लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयमा उपसचिव वा सो सरहका कर्मचारी खटाउने निर्णय गरिएको हो।
खटाइएका कर्मचारीमध्ये केहीलाई सरुवा गरिएको छ भने केहीलाई स्थानीय तहमा काजका लागि खटाइएको मन्त्रालयले जनाएको छ।

