प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन: संचित बज्राचार्य नियुक्त भएका छन् ।
कम्पनीको ४३० औ संचालक समितिको बैठकले बज्राचार्यलाई सीइओ नियुक्त गरेको हो ।
कम्पनीका अनुसार उनलाई २०८० माघ १ देखि लागु हुने गरि ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो । बीमा ऐन २०७९ को दफा ५७ (१ ) बमोजिम उनलाई सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।
