काठमाडौं – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडेड २ लाख ५५ हजार ७४१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको छ ।
शेयर इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्ने छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्ने भनाई कम्पनीको रहेको छ । तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले १३ जना संस्थापकहरूको नाममा रहेको यी शेयर विक्री गर्न लागिएको बताएको छ ।

