राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट कृष्ण प्रसाद सिटौलाले मनोनयन दर्ता गराएका छन् ।
विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् ।
उनको समर्थकमा हिमाल कार्की र प्रस्तावकमा प्रदीप सुनुवार रहेका छन् ।
गएको निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देनसँग झापा क्षेत्र नम्बर ३ मा पराजित भएका सिटौला राष्ट्रिय सभाको निर्वाचनमा पुन उम्मेदवार भएका हुन् ।
