नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
अध्यक्ष ओलीलाई सर्वसम्मत बनाउने प्रयास जारी रहेको भन्दै नेम्बाङ आफू वरिष्ठ उपाध्यक्षको दाबेदार रहेको बताए। नेम्बाङले भने, ‘अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मतिको प्रयास जारी छ, चुनाव हुने भए वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहने छ।
वरिष्ठ उपाध्यक्षका लागि उनले आफू निकटसँग परामर्शसमेत थालेका छन्। नेम्वाङले आफू सर्वसहमतिको पक्षमा रहेको बताए।मैले भनेको सर्वसहमति हो। अहिले पनि म सर्वसहमतिकै पक्षमा छु।
कथमकदाचित निर्वाचन भयो भने म पनि उमेद्वावारी दिनेबारे सोच्नुपर्छ,’ उनले भने, ‘साथीभाइसँग सल्लाह गरेर उम्मेद्वारी दिन्छु। अहिलेसम्म साथीभाइले तपाईँ वरिष्ठमा उठ्नुपर्छ भनेका छन्। म साथीभाइसँग सल्लाह गरेर उम्मेद्वारी दिन्छु।’ वरिष्ठ उपाध्यक्षमा महासचिव ईश्वर पोखरेलले पनि दावी गरेका छन्।