युगकवि सिद्धिचरण श्रेष्ठको मनले मा आज किन हो कुन्नी दुःखका कुरा मात्र होइन प्रेम, माया र स्नेहका कुराहरू गर्दैछन् । जीवनमा धेरै दुःख पाएर होला सुखका केही अनुभूति पाऊनकालागि कहिले काहिँ समाजमा चल्दै आएका प्रेमका यथार्थ कुराहरूको सचित्रण गर्दैछन् । पाउनु र नपाउनु आफ्नो भाग्यको खेल हो । प्रेम गर्दैमा सबै कुराहरू पाउनै पर्छ भन्न सकिन्न । यो त भाग्यको कुरो हो । भाग्यभित्र वसन्त पलाउन सक्नु पर्दछ । भाग्यभित्र कमलका फूलहरु सजाउन सक्नु पर्दछ । निःस्वार्थ भएर मेरो लागि होइन सबैको लागि हिँड्ने गोरेटो बनाउन सक्नु पर्दछ । आफुलाई बिर्सेर जिन्दगी जिउन सक्नु पर्दछ । रङ्ग र आकृतिविनाको पानी जस्तो बन्न सक्नु पर्दछ । नदी भै आफ्नै तालमा बग्न सक्नु पर्दछ । त्यसैले भनिन्छ प्रेममा आँखाको ढोकाबाट पनि पस्न सकिन्छ । मन मस्तिष्कको झ्यालबाट पनि पस्न सकिन्छ । यो चित्तले खाए पछि जीवन प्रेममा पनि सुम्पिन सक्छ । हृदयमा वास दिएर घरजम पनि बसाल्न सक्छ । आखीर मन त हो । मनमा प्रेमको टुसा पलाए पछि मन कोमल भएर आफ्नो तन, मन र धन प्रेमीलाई सुम्पिन्न पनि सकिन्छ । प्रेमको सागरमा दुबेपछि जसले जे सुकै भनोस् कुनै परवाह नगरी आफ्नो मनले जे चाहन्छ त्यस्तै गर्नमा ऊ स्वतन्त्र हुन पनि सक्छ । त्यसैले जवानीमा जतिसुकैं दुःख र कष्ट भोगे पनि एकछिनका लागि भएपनि मान्छे प्रेममा पागल बन्न सक्छ । मन हरियो भए पछि मनमा दुबो पलाए पछि आखीर के चाहियो र ? प्राणीहरूको भलो भए पछि, मन पराउने बस्तु पाएपछि यो मन आनन्द नभए अरु के पो हुन्छ र ?
हरियो मलाई मात्र होईन यो संसारलाई नै मन पर्ने बस्तु हो । यो प्राणीलाई बचाउने मूल आधार हो । जीवन रमाउने मूलबाटो हो । तीर्खा लागेको बेला पिउने अमृत हो । भर्खरै चढ्न लागेको जोवनमा यौवनका रसले होला हिसी परेको त्यो मनमोहक मुहारमा एकचोटी आँखा परे पछि मोहनी लागे जस्तो आँखा कहाँ चिम्लिन सकिन्छ र ? मादक पदार्थ खाए जस्तो लठ्ठ भएर आफुले आफैंलाई बिर्सिदिने त्यो कस्तो जवानी होला ? त्यो कस्तो हिसी होला ? त्यो कस्तो तरङ्ग होला ? त्यो कस्तो सुन्दर रूप होला ? त्यो कस्तो गुलियो होला ? त्यो कस्तो चुम्बक होला ?त्यो कस्तो औषधी होला ? एकचोटी देखे पछि सधैं हेरु–हेरु लाग्ने त्यो कस्तो सौन्दर्य होला ? नशालागे भैंm मात लगाउने त्यो कस्तो प्रेम होला? हेर्दाहेर्दै बेहोसी बनाउने त्यो लठ्ठिने खालको व्यामोह कस्तो होला ? विद्या, ज्ञान र बुद्धि भएपनि मान्छेमा मोह किन बढ्ने होला? छाँटकाँट मिलेको त्यो सौन्दर्य र लावण्य रूपले मन किन ठेगान नभएको होला? मात लागेर उन्माद भए जस्तै नसा नसामा पनि नसा किन लागेको होला? त्यसैले सखी ! म तिमीलाई यो जुनीमात्र होइन जन्मजन्मान्तरसम्म चाहन्छु । तिमीविना म त्यसै कहाँ बाँच्न सक्छु र ? तिमी त मेरो आराधना हौँ । तिमी त मेरो जीवन हौं । तिमी त मेरो छायाँ हौं । तिमी त मेरो प्राण हौं । प्राण विना प्राणी कसरी बाँच्न सकिन्छ र ?पानी विना माछो जस्तो, आकाश विनाको धरती जस्तो, दिन विनाको रात जस्तो, सुगन्ध विनाको पूmल जस्तो कस्तो कस्तो यो जीवन पानीपानी भएर बगे जस्तो । त्यसैले सखी ! म तिमीलाई हृदयदेखि चाहन्छु । तिमीविना म कहाँबाँच्न सक्छु र ?तिमी त मेरो आराधनाहौं । मैले खोजेको मान्छे, मैले रोजेको मान्छे, मैले चाहेको मान्छे,मैले सोचेको मान्छे ,यो संसारमा तिमी नै हौं । यो जुनीमा मात्र होइन जुनीजुनीसम्म जीवन निर्वाह गर्न चाहन्छु ।तिम्रो मुटुमा मेरो वास होस् भन्नाका खातिर मैले सधैं ईश्वरसँग प्रार्थना गर्दैछु । त्यसैले सखी ! तिमी मेरो मनको सारथी हौ । यो मन र मस्तिष्क भित्र फुलिदिने वसन्त हौ । पाइलै पाइलामा साथदिने तिमी मेरो इच्छा हौ । बाँच्नकालागि यो शरीर भित्र चाहिने तिमी मेरो आत्मा हौ ।
भर्खरको जोवन पनि हो, हो
मादक, मोहक हिसी पनि हो,हो
हो, हो उन्मादक प्रेम पनि
म तिमीलाई चाहन्छु सखी !
विद्या आँखा हो । आँखाले देखेपछि राम्रो नराम्रो छुट्याउन सकिन्छ । दीयो बालेपछि अध्यारोलाई हटाउन सकिन्छ । विवेक भए के छ के छैन सबै कुराहरू बुझ्न सकिन्छ । त्यसैले विद्या सत्मार्ग हो । नैतिकता र अनैतिकता छुट्याउने आँखा हो । मनभरी व्यथा पालेर पनि संसारलाई हेर्ने बाटो हो । तिम्रो रूप मात्र होइन । मान्छेको मनभित्र पसेर हेर्न सक्ने तन्त्र हो । भनिन्छ, रूप आफैंमा बलवान छ । अप्सराले मोहित पारे जस्तै सौन्दर्यले मन मस्तिष्कमा भूइँचालो ल्याउन सक्छ । आँखा टाँसेपछि मन लोभिएर हलचल हुन सक्छ । स्वच्छ र शान्त भएर के भो मनको तलाउमा तरङ्ग उठे पछि मन भरङ्ग हुनकति बेर लाग्छ । त्यसैले सखी ! यो जीवनमा विद्या र रूप मात्र होइन सबै कुराहरूको संयोग हुनु पर्छ । आपूmलाई चाहे जति अलिकता शीप सिकेको हुनु पर्छ । आफुलाई चाहे जतिको अलिकता कला र कौशल बुझेको हुनुपर्छ । आफुलाई चाहे जति ज्ञान–गुणका कुरा पनि सिक्नु पर्छ । आफुलाई चाहे जति सबै कुराहरू थाहापाइराख्नु पर्छ । तब पो मान्छे–मान्छे भएर हिँड्न सजिलो हुन्छ । बाटोमा उकालो ओरालो आइहाल्यो भने पनि समस्यासँग संघर्ष गर्ने आँट पलाउन सक्छ । नत्र के छ र सखी ! हिँड्दा हिँड्दै बाटोमा लड्न सक्छ । एकलै हिँड्नु पर्ने यो जीवनमा अरु कसले पो उठाउँन आउँछ र ? त्यसैले सखी ! म तिमीलाई यति चाहन्छु । जहाँ जति पिएपनि कहिल्यै नसकियोस् । कोकिलको मीठो स्वरमा तिमीले जति गीत गाएपनि संगीतले तिमीलाई कहिल्यै नछोडियोस् । झरनाको पानी जस्तो, नदीले सधैं आफ्नो बाटो खोजे जस्तो, चन्द्रले सूर्यलाई चाहे जस्तो, रात पछिको सुनौलो किरण जस्तो सबैमा सम्पूर्ण भएर शीप,कला र गुण मात्र होइन विद्या, रूप र कोकिल स्वरमा मात्र होइन मन भरी माया पाउनकालागि हे सखी ! तिमीले पनि मलाई माया गर्नुृ पर्छ । मैले पनि तिमीलाई माया गर्नु पर्छ । एक आपसमा चित्त नबुझेका केही कुराहरू छन् भने मन हलुको पार्नका लागि गाँठो फुकाउनु पर्छ । त्यसैले सखी ! तिमी प्रेममा डुबेर हेर त्यसभित्र के छ तिमी आपैm बुझ्न सक्छौ ? हे सखी ! तिमी कोइलीसँग हिँडेर हेर ऊ भित्रको साधना के रहेछ ? हे सखी ! तिमी रूपवती बनेर हेर तिमीलाई हेर्ने आँखाहरू कतिहुने छन् ? हे सखी ! तिमी विद्या बनेर एक छिन चुप लागेर बस्ने गर, तिमीलाई व्यवहारमा कसरी कामकाज गर्दो रहेछ ?
सखी ! यो जीवन बिताउन धेरै गाह्रो छ । छोटो या लामो किन नहोस् आखीर दुई दिन त हो । कर्कलाको पानी जस्तो हेर्दा रमाईलो तर भित्रभित्रै उसको आफ्नै व्यथा रहेछ । आँखा भरी आँसुको मुहान छ । मनभरी आगोको धुँवा छ । भित्रभित्रै बलेर भित्रभित्रै आगो निभ्न पनि सक्छ, बल्न पनि सक्छ । के थाहा, यो जुनिमा कसैको पनि भर नहुन सक्छ । त्यसैले सखी ! बाँच्नुकालागि भरथेकको आवश्यकता छ । कतै तिमी भत्किन लाग्यो भने म टेको बनेर उभिन सक्छु । कतै म लड्न लाग्यो भने तिमीले मलाई हात समातेर उठाउन सक्छौं । अपितु म तिमीलाई माया गर्छु प्रिय ! रातभरी ननिदाएर पनि म तिमीलाई हेरिरहन्छु । तिमीलाई कहिल्यै पनि केही नहोस् भनी ईश्वरसँग सधैं प्रार्थना गर्छु ।
विद्या, रूप सबकुछ हो, हो
शीप, कला गुण जे पनि हो, हो,
कोकिल जस्तो स्वर पनि हो, हो
म तिमीलाई चाहन्छु सखी !
हे सखी ! म तिमीलाई कहाँ थुनेर राख्न सक्छु र ? तिमी त कलकल गरी स्वतन्त्र रूपमा सलल बग्ने नदी हौ । न छेक्न मिल्छ न शास्त्रहरूको भयले रोक्न मिल्छ । तिमी त जननी हौ । संसारको रीत चलाउने बुझ्नै नसक्ने आनौठो सृष्टि हौ । आजमात्र होइन यो संसार प्रलयकाल नभएसम्म तिम्रो मातृमनले काखमा मातृत्व पाउनु पर्छ । त्यसैले तिमी आदरणीय छौ । सत्कार र सम्मानीत छौ । आफ्नै प्रतिष्ठामा बाँच्ने तिम्रो महिमा अपरम्पार छौ । कतै बिलाएर, कतै हराएर, कतै रोएर, कतै सहेर आफ्नो सन्तानलाई कसैको आँखा नपरोस् भन्नाका खातिर जतिसुकै दुःख र कष्ट सहेर भए पनि आफ्नै काखमा सुताएर अजम्वरी छहारी दिनु यौटा जननीको परिभाषा हौ । यौटा शिशुले आफ्नै आमाको काखलाई संसार ठान्नु उसको आफ्नै परिभाषा हो । यौटा वीर योद्धाले आपूmलाई जन्मदिने आमाको रक्षा गर्नका लागि आफ्नै बलिदान दिएर वैरीहरूलाई धपाउनु उसको आफ्नै संसारको परिभाषा दिनु हो । त्यसैले हे सृष्टिका जननी ! तिम्रो त्यो काखमा मेरो संसार छ । मृत्युलाई छोडेर बाँकी सबै कुराहरू पाउने मेरो ईश्वर हो । भोक लागेको बेला पेटभरी खुवाएर, तिर्खा लागेको बेला अमृत जल पिलाएर यो संसारमा आजसम्म तिम्रै मायाले बाँचिरहेको छु । तिम्रै सहाराले आजसम्म हिँडिरहेको छु । त्यसैले म तिम्रो अंशहुँ । तिम्रै रगत र मासु पैँचो लिएर म बाँच्नुको अर्थ आमा तिमी बाँच्नु हो । म हाँस्नुको अर्थ आमा तिमी हाँस्नु हो । म मर्नुको अर्थ आमा तिम्रो यौटा अंश मर्नु हो । त्यसैले आमा म तिम्रो रगत र मासुको पैँचो कहाँ तिर्न सक्छु र ? जुनीजुनीसम्म आमाको माया कहाँ बिर्सिन सक्छु र ? तिमी यौटा अंकुर हो । पलाउनु मात्र होइन ओइलिएर जानु पनि तिम्रो धर्म हो । हिजो मलाई आमाले जिम्मा दिएर जानु भो । आज म यहाँ छु । भोलि मेरा छोरा छोरीहरूलाई जिम्मा दिएर जाने छु । पर्सी छोरा छोरीहरूले नातीनातिनीहरूलाई जिम्मा दिने छन् । त्यसैले यो जिम्मा निरन्तर चलिरहने प्रकृया हो । न यसलाई रोक्न सकिन्छ न छेक्न सकिन्छ । समयको गतिसँगै हामीहरू सबै बगेर क्षितिजपारी पुग्नु छ । हामी त्यहीबाट हेरिरहुँला । हाम्रा सन्तानहरूले हामी क्षितिजपारी पुगेका आफन्तहरूलाई श्रद्धाले तर्पण दिने छ । आँखाले हेर्न नसक्ने त्यो काँचो धागोले बाँधेर होला आमाले आफ्नो अंश टुक्रा टुक्रा पारेर हामीलाई जीवितपारे जस्तै मेरा अंशपनि भोलिकालागि टुक्रा टुक्रापारेर मेरा छोराछोरीहरूलाई दिनु छ । हे सखी ! म तिमीविना बाँच्न सक्दिन । मलाई तिमी चाहिन्छ । सत्य सत्य आजसम्म मैले तिमीलाई झुठो कुरा केही गरेको छैन । म चाहन्छु अब तिमीले मातृत्व माया दिनु पर्छ । नवजात शिशुलाई तिम्रै काखमा राखी पालनपोषण गरेको यो आँखाले हेर्न चाहन्छु । आजमात्र सुखी र खुशी भएर के गरौं ?भोलिका लागिपनि सन्तान चाहिन्छ, होइन भने भोलि हाम्रो जीवन निरस हुने छ । मैले चाहेको अनि हामीले खोजेको भोलिका दिनहरूमा नपाए पछि हामी भय र त्रासले अध्यारो कोठामा थुनेर राखे जस्तो हुने छ । त्यसैले प्रिय हामीले चाहेको कुरा पुरा गर्नु छ । कसैको भय र त्रासले होइन, कसैको थुनछेकमा परेर होइन हामी त निश्चल निर्मल भएर कलकल गरी नदी भैंm बगेर जानु छ ।
मातृ मनले तिम्रो काख
भरिदिन नसके सत्य सत्य
बेदशास्त्रको भय देखाई
थुनि राख्दिनँ म तिमीलाई ।
प्रेममा डुबेर मनमुग्ध भए पछि सबै कुराहरू जायज हुन सक्छ । आपूmलाई मन पर्ने कुरा पाए पछि मन प्रफुल्ल भएर जहाँ बसे पनि मुहार हँसिलो बन्न सक्छ । त्यसैले आज युगकवि सिद्धिचरण श्रेष्ठको मनमा खुशी छ । मन हरियो भएर प्रेमको सागरमा डुबल्की मार्दैछ । सूर्य कुन बेला अस्ताउँछ भन्ने कुरा पनि बिर्सिन खोजे जस्तो छ । रातलाई पनि दिन सम्झेर ननिदाईकन प्रेमीको सम्झानामा मन यताउता डुलाउन खोज्दैछ । त्यसैले होला यो मन तिमीलाई चाहन्छ प्रिय । तिम्रो रोजाईमा म हर पाइला चाल्न सक्छु । तिम्रो फरियाको पोको बोकेर तिमीले जहाँ भन्थ्यौ त्यही पु¥याउन आउन सक्छु । किनकि म चाहन्छु प्रिय ! तिमी खुशी बन । म चाहन्छु प्रिय ! तिमीले सधैं सफलता प्राप्त गर । म चाहन्छु प्रिय ! तिमी मेरो मनमा वास बसि देउ । म चाहन्छु प्रिय ! तिम्रो निम्ति यो समाजको बेथितिहरूलाई च्यातेर फाल्न सकूँ । मलाई तिमी भए पुग्छ । समाजले के भन्लान म सोच्न सक्दिन । किनकि मेरो समाजले धेरै अगाडीको कुरा सोच्दैछ । म आज जे छु त्यही कुरालाई स्वीकार गरेर हिँड्नु छ । त्यसैले मेरो समाज प्रति धेरै कुरामा बिमती छ । नारी र पुरुषमा समानताको प्रश्न उठाउनु पर्छ । छोरालाई मात्र होइन छोरीले पनि मीठो खाने कुराहरू पाउनु पर्छ ? घर व्यवहारमा मात्र होइन शिक्षा र दिक्षा पाउनु पर्छ । विसंगति र कुरितीका कुराहरू आजसम्मपनि नारीले मात्र किन भोग्नु पर्छ ? त्यसैले मेरो समाजमा थितिलाई थाती राखेर बेथितिलाई हटाउनु पर्छ । मैले मेरी प्रेमीको फरिया बोकेर के भो ? मैले मेरी प्रेमिकाको फरिया धोएर के भो ?जबकि मेरा सबै लुगाहरू ऊ सधैं धोइरहन्छ, जबकि मेरो मायामा ऊ सधैं जिउन खोज्छ, जबकि मेरो बाटोमा ऊ सधैं हिँड्न खोज्छ ?जबकि मेरो भाग्यमा ऊ सधैं बाँच्ने गर्छ ? त्यसैले प्रिय ! मलाई कसैले समाजविरोधी भने भनुन् । मलाई मतलब छैन । किनकि म खुशी भएर बाँच्न चाहन्छु । म खुशी भएर म सुखी भएर बाँच्न चाहन्छु । मैले खोजेको कुरा पाउन चाहन्छु । मैले मेरी प्रियको फरिया बोकेर दिन चाहन्छु । त्यसैले सखी ! म तिमीलाई धेरै चाहन्छु । म माछो भएर बाँच्न खोज्दा तिमी पानी बनेर मलाई बाँच्नदियौ । म आकाश भएर हेर्न खोज्दा तिमी धरती बनेर हाँसी रहन्छौ । म पानी बनेर बग्न खोज्दा तिमी नदी बनेर मलाई समाहित गर्न खोज्छौं । म आगो भएर बल्न खोज्दा तिमी पानी बनेर शान्त पार्छौं । हे सखी ! यो जीवन तिम्रैं हो । तिमीविना म यो धरतीमा बाँच्न चाहन्न । म बाँच्नुको अर्थ तिमीहौ। म हाँस्नुको अर्थ तिमी हौ । तिमीविना मेरो जीवन के छ र ? प्राण विनाको देह जस्तो ,पानीविनाको मरुभूमि जस्तो, घाम विनाको रात जस्तो, सूर्य विनाको संसार जस्तो मेरो निम्ति सबै निरर्थक हुने छ । सबै अध्यारोमा परिणत हुनेछ । सबै टुटेर भत्किने छ । त्यसैले सखी ! मलाई तिमीमा समाहित गर । मैले पनि तिमीलाई समाहित गर्ने छु ।
प्रेमी तिम्रो क्बै रोजाई
तिम्रो फरिया पोको बोकी
पु¥याउन आउँछु तिमीलाई
म तिमीलाई चाहन्छु सखी !
म कसैसँग हात फिजाएर बाँच्न चाहन्न । कसैसँग मुखताकेर बाँच्न चाहन्न । देला र लिउँला मेरो शब्दकोशमैं छैन । म जे छु आपैmमा स्वाभिमानी छु । आफ्नै परिश्रमले यो जीवनलाई चलाउँन चाहन्छु । अर्काको परिश्रम चोरेर होइन, अर्काको जीवनमा आघात पारेर होइन, अर्काको चित्त दुखाएर होइन, अर्काको जीवनलाई कुल्चेर होइन । म त्यसरी बाँच्न चाहन्न । कसैले देला र लिउँलाभनी मुखताकी जीउन्न चाहन्न । म त पानी जस्तै बाँच्न चाहन्छु । निर्मल भएर, रङ्गहिन बनेर, कसैको तीर्खामा म आपैंm मेटिन चाहन्छु । त्यसैले मेरो उत्साहलाई बेचेर, मेरो हिम्मतलाई पोलेर, मेरो आँटलाई मारेर, मेरो ह्याउलाई कुल्चेर म क्रय–विक्रयभएर बाँच्न चाहन्न । म अरुको लात सहेर जिउन चाहन्न ।
मेरो जिउनुको अर्थ मर्नु होइन । पटक पटक मर्नु भन्दा एक पटक मर्नु राम्रो हुनेछ । के भो र बरु म त घरज्वाइँ भएरै बस्न रुचाउँछु । ससुरालीमा बसेर जिविका चलाउँदैमा म कहाँ कुमान्छे बन्न सक्छु र ? यो समाजले मलाई के भन्छ ? म सुन्न चाहन्न, किनकि मेरो कुरा यो समाजले कहिले सुन्ने गरेको छ र ?मलाई घाऊ लागेको बेला,मलाई पीडा भएको बेला,मलाई आफ्नै मान्छेले पराई ठानेको बेला, मलाई गरिब भनि विभेद गरेको बेला यो समाज हाँस्नु बाहेक के सहयोग ग¥यो र ? मलाई चीरहरण गर्नु बाहेक यो समाजले लाज कहाँ छोप्न आयो र ? त्यसैले मलाई यस्तो समाजको आवश्यकता छैन । जहाँ जसले जे गरे पनि हुन्छ । पैसाको लोभमा, मान सम्मानको डरमा, लोक लाजको पीरमा, शक्तिको आडमा जस्ले जे गर्छ, त्यही न्याय बन्छ भन्ने त्यस्तो समाजमा म कहाँ अटाउन सक्छु र? त्यस्तो समाजलाई म कहाँ राम्रो मान्न सक्छु र ? त्यसैले मलाई त्यस्तो समाजको आवश्यकता छैन । जहाँ दूधको दूध पानीको पानी छुट्याउनु सकोस् । जहाँ मान्छे–मान्छे बीच समानता होस् । जहाँ पैसाले मान्छे किन्न नसकियोस् । जहाँ मान्छे–मान्छे बीच थिचोमिचो नहोस् । जहाँ परिश्रम गरी बाँच्न सकोस् । जहाँ अर्काको मुखताकी जिउन नपरोस् । हामीलाई त्यस्तो समतामूलक समाजको आवश्यकता छ। जहाँ मान्छे भएर बाँच्न सकिन्छ ?जहाँ मान्छे–मान्छेबीच मेलमिलाप हुन हुन्छ ?जहाँ अन्यायको गन्ध हुँदैन । जहाँ अत्याचारीलाई पाखा लगाइन्छ । त्यस्तो समाजको निर्माण हामीले कहिले गर्ने ? त्यस्तो समाजको निर्माण गर्न हामीहरूले किन ढिलो गर्ने ?
देला लिउँला भनि मुख ताकी
खोस्ने हुति पनि आफ्नू बेची
अरुको लात सही बस्नु भन्दा
बस्न आउँछु बरु घरज्वाइँ ।
हे सखी ! म तिमीलाई एक्लै छोडेर जान सक्दिन । बरु म कोदालो बोकेर तिम्रो खेत खनी देउँला । अन्नपानीको लागि असारे गीत गाएर बरु म धान रोपी दिउँला । मलाई केही छैन बस् तिम्रो मायामा बाँच्न पाए पुग्छ । तिम्रै छायाँमा हराउँन पाए पुग्छ । मलाई यति भए पुग्छ । बरु भन मैले के के गर्नु पर्छ । तिम्रा भदाहरूको हेरबिचार गर्नु पर्ने हो की ?मायाले चिसिएका ढोकाहरू बन्द गर्नु पर्ने हो की? हे सखी ! म तिमीलाई यति धेरै चाहन्छु । जसको कुनै सीमा छैन । जसलाई छोप्न कुनै ढकनी पाइँदैन । यति धेरै माया तिमीले अरुबाट कहाँ पाउन सक्छौ र ? म विना तिमीपनि कहाँ जिउन सक्छौ र ? त्यसैले प्रिय ! आज तिमीले भन्नु पर्छ । तिम्रो घरको कामगर्दैमा के म मर्छु होला र ! तिम्रो घरमा बस्दैमा के म नोकर हुन्छु र ? आखीर ससुराली न हो, के ससुरालीमा काम पर्दा पनि ज्वाइँले टुलुटुलु हेर्नु बाहेक अरु केही काम गर्नु हुँदैन र ? के ज्वाइँको अर्थ ससुरालीमा खानु बाहेक अरु केहि काम हुँदैन र ? म त्यो चाहन्न प्रिय ! तिम्रो घर मेरो पनि घर हो । तिम्रो परिवार मेरो पनि परिवार हो । विवाह बन्धनमा बाँधे पछि सहयोग नगर्ने त्यो कस्तो नाता हो?त्यो कस्तो बन्धन हो ? थाहा छैन, मैले यो समाजको कुरो अहिलेसम्म बुझ्न सकेको छैन । समय र परिस्थितिले मान्छेलाई जहाँ पु¥याउँछ त्यही हामीहरू रमाएर बस्न सक्नु पर्छ । होइन भने यो जीवन व्यर्थ छ । प्रिय म असारे गीत गाएर धान रोप्न चाहन्छु । तिमीले मलाई खाजा ल्याईदिए पुग्छ । म कोदालोले माटो मिलाउँदै गर्छु तिमीले धानको वेर्नाहरू मलाई दिएर सहयोग गरीदिए पुग्छ । म तिम्रो हेरविचार गर्न चाहन्छु । तिमीले मलाई माया गरिदिए पुग्छ । म तिम्रो जीवनभरि साथ दिन्छु ,तिमी मसँगै हिँडिदिए पुग्छ । त्यसैले प्रिय यो जीवन तिम्रैं हो । तिमीले आफ्नो जीवनलाई नियालेर हेर्ने गर । जहाँ तिम्रो भाग्यले साथ दिन्छ त्यहाँ म सधैं उभिरहेको हुन्छु । जहाँ तिमी छौं त्यही म पनि छायाँ बनेर बसिरहेको हुनेछु । हे सखी ! म तिमीलाई कसरी भनौं मेरो मन मस्तिष्कमा तिमी–तिमी छौं । मेरो आँखाले तिमीबाहेक अरुलाई हेर्न सक्दैन । मेरो भाग्यले तिमी बाहेक अरु पाउन सक्दैन । मेरो देहको छायाँ तिमीबाहेक अरु कोही हुन सक्दैन । प्रिय तिमी मेरो अनुराग हौ । आत्मीयतामा बाँधिएको यौटा धागो हौ । मनमा उत्पन्न हुने तिमी प्रीति हौ । प्रेममा झुलाई दिने तिमी चाँदनी हौ । अपितु म तिमीलाई माया गर्न चाहन्छु । किनकि मलाई तिम्रो माया छ । तिमीविना मेरो यो संसार अध्यारो छ । त्यसैले म तिमीलाई चाहन्छु सखी ! तिमी जे भन्छौं म त्यहीकाम गर्न तयार छु ।
तिम्रा भदाहरूको ददाबन्द
तिमीहरूको खेत पनि खनि दिउँला
कोदाली ली गाई–गाई!
म तिमीलाई चाहन्छु सखी !
आपूmलाई मन परेपछि सबै कुराहरू प्यारो हुनु स्वभाविक हो । प्यारो आपैmमा मुटुको टुक्रा हो । कहिँकतै केही नहोस् भनी हेरविचार गर्नु मान्छेको स्वभाव हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठलाई कसै प्रति माया लागेर होला म तिमीलाई चाहन्छु भन्दै समाजका बेथितिहरूलाई उजागर गर्न खोज्दै छन् । घरज्वाइँ बसेर अन्नपात गर्दैमा के हुने हो र ? आफ्नै सखीको फरिया बोकेर कतै पु¥याई दिँदैमा के आकाश खसेर मान्छे मर्छ र ? यो त समाजको कुरौटेपन हो । मान्छेलाई समस्यापर्दा ताली बजाएर रमिता हेर्ने समाजलाई मेरो समाज भनी किन आफ्नो ठान्ने ? अपराध गरेर पैसा कमाएका मान्छेहरूलाई सम्मानित गर्ने त्यो समाजमा म किन सदस्य बन्ने ? त्यसैले युगकविलाई त्यस्तो समाजको आवश्यकता छैन । जुन समाजले पीडितलाई मलम लगाउन सक्दैन । जुन समाजले न्याय अन्याय छुट्याउन सक्दैन । जुन समाजले समानताको कुरा गर्दैन । जुन समाज देश, काल, परिस्थितिअनुसार चल्न सक्दैन । त्यस्तो समाजले हामीहरूलाई कहिले पनि भलो गर्दैन ।
भनिन्छ, धूँवा आपैmमा आगो हो । भित्र–भित्रै सल्किरहेको भूसको आगो बाहिरबाट नदेखे पनि आखीर एक दिन आगोले मुस्लोको रूप लिने छ । हामी चाहन्छौं, त्यस्तो दिन कहिल्यै नआओस् । जुनदिन समाजमा बस्ने सबै मान्छेहरू आगोले भष्म हुन। त्यसैले मैले मात्रचाहेर केहीहुन सक्दैन । तैपनि म चुपलागेर बस्दिन । मेरो आँखाले देखेका सत्य कुराहरू सबैको सामु राख्दा मलाई पागल भने भनुन् । मलाई कुनै परवाह छैन । किनकि मलाई खाने बाघले तिमीलाई पनि खान सक्छ । अपितु अब त ढिलो नगरी समाजका बेथितिहरूलाई जरैदेखि फाल्नुपर्छ ।