काठमाडौँ । नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ।
सोमबार न्यायाधीश नवराज दुलालको इजलासले शर्मामाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँले अनुसन्धानका लागि म्याद थप माग गर्दै निवेदन दिएको थियो। सोही आधारमा अदालतले तीन दिनको म्याद थप गरेको हो।
सांसद शर्मालाई सोमबार काठमाडौँको धुम्बाराही क्षेत्रबाट प्रहरीले पक्राउ गरेको थियो।

