काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक चैत १९ गते बिहीबार अपराह्न २ बजे बस्ने गरी आह्वान गरेका हुन्।
यसअघि आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

