काठमाडौँ — वैदेशिक रोजगार विभाग, ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङ्गी घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई १५ हजार रुपैयाँ घुस र स्रोत नखुलेको ७७ हजार ६०० रुपैयाँसहित कार्यालयबाटै पक्राउ गरेको हो।
अख्तियारका अनुसार मस्राङ्गीले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग रकम मागेको पुष्टि भएको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेले मस्राङ्गीलाई रंगेहात पक्राउ गरिएको र अनुसन्धान अघि बढाइएको जानकारी दिए।
अख्तियारको टोलीले उनको साथबाट तीन थान मोबाइलसमेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
नासु मश्राङ्गीलाई शुक्रबार पक्राउ गरिएको खुलेको छ ।

