काठमाण्डौ । काठमाडौंको सामाखुशी क्षेत्रबाट ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङ पक्राउ परेका छन्। उनलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाण्डौका प्रमुख रमेश थापाले पुष्टि गरेका हुन्।
उनी विगतदेखि नै गुण्डागर्दी, कुटपिट र असुली जस्ता आरोपमा पटक–पटक पक्राउ पर्ने र छुट्ने गरेका व्यक्ति हुन्।
२०८० साल असारमा ठमेल स्थित क्लब ओम्निया क्लबका सञ्चालकमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला प्रहरीले उनलाई हत्कडीसहित बजार घुमाएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं ले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो।
प्रहरी रेकर्ड अनुसार, गुरुङ पहिले कुमार घैंटे को समूहमा सक्रिय थिए। घैंटे प्रहरी मुठभेड २०७२ भदौ ३ मा मारिएपछि गुरुङले ‘बुलेटप्रुफ ज्याकेट’ लगाएर हिँड्ने गरेको बताइन्छ।
त्यतिबेला उनलाई हत्कडीसहित घुमाउँदा काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की थिए, जो अहिले नेपाल प्रहरीका महानिरीक्षक (IGP) छन्।

