काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
यसअघि अदालतले जारी गरेको कारण देखाउ आदेशअनुसार सरकार पक्षले लिखित जवाफ पेश गरिसकेको छ।
सबै प्रक्रिया पूरा भएपछि आज दुवैको रिट बहसका लागि पेसीमा चढेको हो।
सरकारले गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि चैत १४ गते प्रहरीले दुवैलाई पक्राउ गरेको थियो। त्यसलाई गैरकानुनी ठहर गर्दै उनीहरूले चैत १५ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
चैत १६ गते अदालतले सरकारसँग कारण मागेपछि अब त्यसको जवाफ आइसकेको र आज मुद्दामा बहस अघि बढ्ने भएको छ।

