काठमाडौं । रसुवा जिल्लाका सक्रिय र समाजसेवामा समर्पित युवा फुर्पा दिन्दुप ठोक्रा ‘सुरेश’को असामयिक निधन भएको छ। ह्रदयाघातका कारण उनको निधन भएको हो ।
उनको निधनले रसुवा मात्र नभई समग्र युवा समाजमा गहिरो शोक छाएको छ।
सहयोगी भावना, उत्साह र सक्रियताका लागि परिचित ठोक्रा जहाँ जसलाई आवश्यकता पर्थ्यो, त्यहाँ तत्काल उपस्थित भएर समाधान खोज्ने जुझारु युवाका रूपमा चिनिन्थे। स्थानीयस्तरमा उनले गरेका सामाजिक काम र सहयोगी व्यवहारले धेरैको मन जितेको थियो।
उनको अनुपस्थितिले जिल्लाको सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। “उहाँजस्तो सक्रिय र सहयोगी युवा समाजमा कमै पाइन्छ,” स्थानीय युवाहरूको भनाइ छ।
स्वर्गीय ठोक्राप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्त तथा शुभेच्छुकहरूले उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।
सुरेश युवा संघ रसुवाका अध्यक्ष समेत हुन् ।

