काठमाडौं । नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले सोमबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेकी छन्।
पदभार सम्हालेपछि उनले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेटवार्ता गरिन्। भेटका क्रममा संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको छ।
गत चैत २७ गते सम्पन्न उपसभामुख निर्वाचनमा ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट उम्मेदवार बनेकी थिइन्। उनको प्रतिस्पर्धा राप्रपाकी उम्मेदवार सरस्वती लामासँग भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन पाएकी ठाकुर निर्वाचित भएकी हुन्। उनलाई नेपाली कांग्रेस, नेकपालगायतका दलको समेत समर्थन थियो ।

