काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । रिक्त दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्दै शाहले मन्त्रिपरिषद बिस्तार गरेका हुन्।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्योग, वाणिज्य तथा आपूर्ति र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी नियुक्त भएकी छन् भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा रामजी यादवलाई जिम्मेवारी दिइएको छ। नियुक्त भएका दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हुन्।
यसअघि बिहीबार मात्रै प्रधानमन्त्री शाहले दिपककुमार साहलाई श्रममन्त्रीबाट पदमुक्त गरेका थिए। उद्योग मन्त्रालय भने यसअघि देखि नै प्रधानमन्त्री शाहले आफैँसँग राखेका थिए।
Previous Articleइस्लामावादमा आज अमेरिका–इरानबीच कूटनीतिक वार्ता
Next Article पृथ्विको तापक्रम वृद्धि, बढ्दै जलवायु जोखिम

