काठमाडौं । काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रमा मध्यराति गोली चलेको छ । प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक जानकारीअनुसार पक्राउ परेका दुवै व्यक्ति लागूऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ।
उनीहरू सवार गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
Previous Articleसुदूरपश्चिमबाट राष्ट्रियसभा उपाध्यक्ष बन्ने पहिलो महिला
Next Article स्याङ्जामा जिप दुर्घटना, एघार जना घाइते

