काठमाडौं । संघीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयको महासचिवको कार्यकक्षमा हुनेछ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि छ दल प्रतिनिधिसभामा रहेका छन्। प्रतिनिधिसभा संसदमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बैठकमा सहभागिता रहनेछ।
राष्ट्रपतिद्वारा भोलि आह्वान गरिएको संसदको कार्यसूचिमा छलफल गर्न सर्वदलीय बैठक डाकिएको संसद सचिवालयले जनाएको छ । बिहिबारको संसद सभामुख, उपसभामुखको छनौटमा केन्द्रित हुने छ ।

