काठमाडौं । सपना प्रधान मल्ल आजदेखि सर्वोच्च अदालतको कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहद पूरा भई अवकाश प्राप्त गरेपछि उनले जिम्मेवारी सम्हालेकी हुन्। संविधानअनुसार प्रधानन्यायाधीशको पद रिक्त हुँदा सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश स्वतः कामु प्रधानन्यायाधीश हुने व्यवस्था छ ।
प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् पूर्ण हुन बाँकी रहेको र प्रक्रिया केही समय लाग्ने देखिएको छ।
प्रधानन्यायधीशको स्थायी नियुक्ति संसद् सञ्चालन, संसदीय सुनुवाइ र राष्ट्रपतिबाट अनुमोदन भएपछि मात्रै टुंगो लाग्ने संवैधानिक व्यवस्था छ।

