काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध सर्वोच्च अदालतमा दायर बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुने कार्यसूची छ।
एमाले अध्यक्षसमेत रहेका ओलीकी पत्नी राधिका शाक्यद्वारा गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा हिजो बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको हो ।
सर्वोच्च अदालतमा प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटमा आज सुनुवाइ हुदैछ।

