काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाउँदै उमेद्वारी दर्ता गरेको छ।
रास्वपा संसदीय दलको बैठकले दुई संयुक्त समितिसहित नौ एकल समितिका लागि उम्मेदवार चयन गर्दै हिजो बिहिबार उमेदवारी दर्ता गरेको हो।
यसैबीच, महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको सभापति भने नेपाली कांग्रेसको भागमा परेको छ। प्रमुख विपक्षिलाई दिने परम्परा अनुसार सरकार सञ्चालन गरिरहेको रास्वपाको संसदीय दलको बैठकले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । सोहीअनुसार कांग्रेसले उक्त समितिका लागि आफ्नो उम्मेदवार अघि सारेको छ। नेपाली कांग्रेसका तर्फबाट भरत खड्काले सार्वजनिक लेखा समिती सभापतिको लागि उमेदवारी दिएका छन् ।
संसदीय समितिहरूको सभापति चयनका लागि निर्वाचन शुक्रबार हुने तय गरिएको छ भने बिहीबार उम्मेदवारी दर्ता भइसकेको छ।
रास्वपाले विभिन्न समितिमा उम्मेदवार टुंग्याएसँगै संसदीय नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ।
संसदीय समिति सभापतिका लागि तपशिल उमेद्वार रहेका छन् ।


